कोरोना भाइरसविरुद्ध जनचेतनामूलक र्याली


न्युज अफ नेपाल, हेटौंडा । चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको काेरोना भाइरसविरुद्ध समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् जिल्ला प्रहरी कार्यालय बाराले शनिबार जनचेतनामूलक र्याली तथा कोणसभा गरेको छ ।
सभामा कलैया अस्पताल बारामा डा. प्रेमशंकर चौरसियाले कोरोना भाइरसविरुद्ध जानकारीमूलक मन्तव्य राख्नुभएको थियो । प्रहरी प्रमुख प्रउ विकासराज खनालले भाइरसबाट बच्न आग्रह गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बारा प्रमुख प्रउ खनालको सभाध्यक्षता तथा कलैया उपमहानगर मेयर राजेशराय यादबको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्ष, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, महिला सञ्जाल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नेपाल स्काउटआवद्ध विद्यार्थी तथा शिक्षक, सामुदायिक प्रहरी अध्यक्षलगायत शिक्षक, विद्यार्थी, प्रहरीको सहभागिता थियो ।
भरत चोकबाट बाजा, पम्पेल्ट तथा ब्यानरसहितको र्यालीले बजार परिक्रम गरी पुनः भरत चोकमा कोणसभामा परिणत भएको थियो । कोरोना भाइरसविरुद्ध पर्चा बितरण गरिएको थियो ।