रंगशालालाई एक सय ट्रिप बालुवा


सीताराम अधिकारी, धादिङ ।

धुर्मुससुन्दी फाउण्डेशनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गल्छी गाउँपालिकाले एक सय ट्रिप बालुवा शनिबार पठाएको छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र गल्छी गाउँपालिकाकाे संयुक्त सहयाेगमा रंगशाला निर्माणका लागि एक सय ट्रिपर बालुवा उपलब्ध गराएको हो।

गल्छी गाउँपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र गल्छी गाउँपालिकाका व्यवसायहरुको स्वतःस्फुर्त रुपमा सहयोग गर्ने प्रतिवद्धता अनुसारबालुवा पठाइएको गल्छी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष राजु अधिकारीले जानाकारी दिनुभयो ।

धुर्मुससुन्तल फाउण्डेशनलेनिर्माण गर्नेरंगशाला अन्तर्राष्ट्रिय स्तरको हुने भएकोले छिमेकी जिल्ला चितवनमा नै बन्न लागेपछि आपूहरुले सहयोग उपलब्ध गराएको ग्लछी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभएको छ । यसअघि गल्छी गाउँपलिका कार्यालयमा सीताराम कट्टेल (धुर्मुस) लाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नका लागि १ सय ट्रिप वालुवा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। गाउँपालिकाले बालुवा उपलब्ध गराउने भएपछि नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले ट्रिपरउपलब्ध गराएपछि सहयोग सम्भव भएको हो।

बालुवा लिएर गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष रामकुमार चापागाईँ चितवन पुग्नु भएको छ । एक कार्यक्रम आयोजना गरि बालुवा क्रिकेट रंगशालालाई उपलब्ध गराएपछि आफूहरुले गरेकोसहयोगले रंगशाला निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।