काभ्रे, (नेस)।
बनेपा नगरपालिकाको आयोजनामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय फुटर ६ ले प्राप्त गरेको छ। फाइनल खेलमा वडा नम्बर ९ लाई ३–१ ले हराउँदै वडा नम्वर ६ ले उपाधि जितेको हो। विजेता टोलीका राजपाल केसीले २ गोल गरे भने रोज लामाले एक गोल गरेका थिए।
वडा नम्वर ९ का रविन थापाले एक गोल फर्काएका थिए। विजेता टोलीले ६० हजार र उपविजेताले ४० हजार नगद प्राप्त गरे। नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले विजेता र उप विजेतालाई पुरस्कार वितरण गर्दै खेललाई मर्यादित, अनुशासित बनाई क्षमता प्रदर्शन गरेकोमा बधाई दिनुभएको थियो।











प्रतिक्रिया