बैंकहरूको नाफामा निरन्तर वृद्धि


नेपाल समाचारपत्र, काठमाडौं।

बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको पहिलो छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलगायत अन्य विभिन्न बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

यसैक्रममा नेपाल बैंकको खुद नाफा १ अर्ब ३५ करोड रहेको छ। यो अघिल्लो वर्षको भन्दा १८ दशमलव ६७ प्रतिशत कम हो। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो वर्ष निक्षेप ११७ अर्ब १२ करोडमा सीमित भएको छ।

लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। चालू आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म बैंकले उक्त नाफा कमाएको हो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा करिब २५ प्रतिशतले सुधार भएको छ।

गत वर्षको सोही अवधिमा बैंकले ७३ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको थियो त्यस्तै चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा एनआईसी एसिया बैंकले २ अर्ब १ करोड ६२ लाख रुपियाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड १४ लाख खुद नाफा रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३३ दशमलव ३९ प्रतिशतले नाफा बढाएको हो।यसैगरी सानिमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाउन सफल भएको छ।

सानिमाले चालू आवको सो अवधिमा १६ दशमलव ८३ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९८ करोड २० लाख ८६ हजार खुद नाफा कमाएको थियो। चालू आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाउन सफल भएको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंकले १० दशमलव ७२ प्रतिशतले नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ७७ करोड ३ लाख रुपियाँ रहेको थियो। चालू आवमा भने बैंकको खुद नाफा ६८ करोड ७७ लाख रुपियाँ पुगेको छ।

त्यस्तै सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड ६५ रुपियाँ लाख नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपियाँ नाफा कमाएको थियो।

साथै सन्राइज बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपियाँ खुद नाफा गरेको छ। गत वर्षको ६ महिनामा सो बैंकको नाफा ७९ करोड २७ लाख रुपियाँ थियो।

कुल २७ वटा वाणिज्य बैंकहरूमध्ये अहिलेसम्म सात बैंकले मात्र चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अन्य २० वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा रहेका छन्।