नेपाल बंगलादेश बैंकद्वारा सहयोग


काठमाडौं, (नेस)।

नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई क्याप वितरण गरेको छ।

मेरुदण्डीय पक्षघात समूह नेपालले माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष झरना रानालाई मायाको चिनो को स्वरूप क्यापहरु हस्तान्तरण गर्नुभएको थियो।