सुक्खा बन्दरगाहको राजस्व लक्ष्य पुग्न कठिन

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज । 

गाडीको आयातमा घट्दा वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा भन्सार राजस्व लक्ष्य पूरा गर्न कठिन भएको छ। कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्म २१ अर्ब ८८ करोड ५ लाख रुपियाँ भन्सार राजस्व पूरा गर्ने लक्ष्य पाएकोमा जम्मा १९ अर्ब ३९ करोड ५१ लाख रुपियाँमात्रै संकलन भएपछि कार्यालयलाई लक्ष्य पूरा गर्न कठिन देखिएको हो।

त्यस्तै पाम आयलको निकासी पनि रोकिएपछि भन्सार राजस्वमा थप चुनौती थपिएको छ। १५ प्रतिशत राजस्व योगदान दिँदै आएको पाम आयलमा भारतले आयात रोकेको छ।भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालू आवका लागि ४१ अर्ब ८८ करोड ५ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ।

जसमध्ये भन्सारतर्फ १९ अर्ब २२ करोड ९० लाख, मूल्य अभिवृद्धि करतर्फ १९ अर्ब ४० करोड ६ लाख तथा अन्तःशुल्कतर्फ ३ अर्ब २५ करोड ८ लाख राजस्व उठाउनुपर्नेछ। गत आवमा ३६ अर्ब ९ करोड ३३ लाख रुपियाँ राजस्व उठाउने लक्ष्य पाएकोमा ८९ दशमलब ३६ प्रतिशत राजस्व असुल गरेको थियो।