बीओकेको अगुवाईमा काबेली–बी ‘१’ ऋण लगानी


काठमाडांै, (नेस)।

बैंक अफ काठमाण्डू (बीओके) र अरूण भ्याली जलविद्युत् विकास कम्पनीबीच काबेली–बी ‘१’ कास्केड जलविद्युत् आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ। ९ दशमलव ९४ मेगावाट क्षमता रहेको सो जलविद्युत् आयोजनाको अनुमानित लागत १ अर्ब ९७ करोड रुपियाँ रहेको छ।

अरूण भ्याली जलविद्युत् विकास कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा उक्त आयोजना निर्माण कार्य गरीरहेको छ। बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइ रहेकोे उक्त सहवित्तीयकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ।

अरूण भ्याली जलविद्युत् विकास कम्पनीले ३ मेगावाट क्षमताकोे पिलुवाखोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ। उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डूले नै सहवित्तीयकरण कर्जाको अगुवाइ गरेको थियो।

पिलुवाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०६० असोजदेखि सञ्चालनमा आइसकेको छ। उक्त आयोजनामा रहेको बैंकको सहवित्तीयकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ।

यस सहवित्तीयकरण कर्जापश्चात् काबेली–बी ‘१’ कास्केड जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ।