महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौं, (नेस)

महालक्ष्मी लाइफ इन्स्योरेन्सको दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा माघ १२ – १४ गतेसम्म आयोजनाभयो। देशभरीका ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख, क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र प्रधान कार्यालयका पदाधिकारीसमेत सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो।

‘प्रत्येक घरमा– एउटा जीवन बीमा’ नाराका साथ सञ्चालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरीय व्यापारको लागि अपनाउनुपर्ने रणनीति र कार्यक्रम तथा घर–घरमा बीमासम्बन्धी जनचेतना जगाउन ‘प्रत्येक घरमा एउटा जीवन बीमा’ कार्यक्रममाथि छलफल गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा तालिम तथा कम्पनीको रणनीतिका बारेमा नायब प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पार्नु भएको थियो। ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न गरेको कम्पनीले ६ हजारभन्दा बढी अभिकर्ता इजाजत स्वीकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरी ५३ करोडभन्दा वढीको व्यवसाय गर्न सफल भएको छ।