मेगा बैंकद्वारा धापासीमा वित्तीय साक्षरता सञ्चालन


काठमाडौं, (नेस)।

मेगा बैंक नेपालले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकिङ साक्षरता अभियान सञ्चालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापालगायतले वित्तीय साक्षरतासम्बन्धी कक्षा लिनुभएको थियो।

स्थानीय व्यवसायी एवम् बुद्धिजीवीको सहभागिता रहेको कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणलगायतका विषयमा जानकारी गराइएको थियो।