मुद्दती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकको आह्वान


काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक वर्ष अवधिको मुद्दती निक्षेपमा लगानी गर्न आह्वान गरेको छ।राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई ब्याजदरसहित प्रस्ताव आह्वान गरेको हो। बैंकले १० करोड ४८ लाख रुपियाँको मुद्दती निक्षेपमा राख्नेछ।

बैंक तथा फाइनान्सले रकम र ब्याजदरसहित प्रस्ताव पेस गर्न सक्नेछन्। राष्ट्र बैंकले २०७६ फागुन १ गतेदेखि २०७७ फागुन १ गतेसम्मको अवधिका लागि निक्षेप प्रदान गर्नेछ।

प्रस्ताव सहभागी हुने बैंक तथा वित्त सञ्चालनमा आएको कम्तिमा दुई वर्ष भएको हुनुपर्नेछ। खराब कर्जा ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ। समस्याग्रस्तको सूचीबाट हटेको कम्तिमा पनि ६ महिना भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त राखेको छ। बैंक तथा फाइनान्सले माघ १७ गतेसम्ममा शिलबन्दी दरभाउपत्र बुझाइसक्नु पर्ने छ।