अलपत्र ‘केशर कलेक्सन’

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

चन्द्रशमशेरका छोरा केशरशमशेरले सरकारलाई दान दिएको केशर पुस्तकालयमा रहेको केशर कलेक्सन अर्थात् केशरशमशेरले हस्तान्तरण गरेका पुस्तक अलपत्र अवस्थामा रहेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केशरमहलको रेट्रोफिट शुरू गरेपछि केशर कलेक्सन अलपत्र परेको हो।

पुस्तक स्थानान्तरण गरेपछि मात्र रेट्रोफिट गर्नुपर्ने अवस्थामा विकल्प तयार नगरी पुनर्निर्माण शुरू गरेपछि करिब ३० हजार पुस्तक अलपत्र छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केशरमहलको रेट्रोफिट शुरू गरेपछि केशर कलेक्सन अलपत्र परेको हो। पुस्तक स्थानान्तरण गरेपछि मात्र रेट्रोफिट गर्नुपर्ने अवस्थामा विकल्प तयार नगरी पुनर्निर्माण शुरू गरेपछि करिब ३० हजार पुस्तक अलपत्र छन्।

‘पुस्तकालयभित्र रहेका नेपाली, अंग्रेजी, बालशाखा र पत्रपत्रिका शाखा केशरमहल परिसरमा रहेको प्रिफाइभ भवनमा स्थानान्तरण गरिसकेका छांै, केशर कलेक्सन भने रेट्रोफिट शुरू गरेको भवनभित्र छोपेर राखिएको अवस्थामा छ।’ –केशर पुस्तकालयका प्रमुख दशरथ मिश्रले भन्नुभयो।

केशर शमशेरले सोखले कलेक्सन गरेका पुस्तक सार्ने विषयमा छलफल हँुदाहँुदै प्राधिकरणले केशरमहलको रेट्रोफिट शुरू गर्न थालेपछि ती पुस्तकहरू कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा समस्या परेको छ।

पुस्तकालय प्रशासनले केशर महल परिसरको दक्षिण पश्चिमको भागमा अस्थायीरूपमा पुस्तक स्थानान्तरण गर्ने प्रक्रिया शुरू गर्दानगर्दै रेट्रोफिटको काम शुरू गरेपछि समस्या थपिएको हो। ‘हाललाई ती पुस्तक नसार्दासम्म केशर कलेक्सन रहेको शाखामा काम नगर्न अनुरोध गरेका छौंै।’ –पुस्तकालय प्रमुख मिश्रले भन्नुभयो।

उहाँका अनुसार केशर कलेक्सन स्थानान्तरण गर्न कम्तीमा पनि ५ लाख रुपियाँ लाग्नेछ। पुस्तकालयले रकम माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्र पठाएको छ।

पुस्तकालयमा करिब ६५ हजार पुस्तक छन्। तीमध्ये ३५ हजार पुस्तक प्रिफाइभ भवनमा राखेर सेवा दिइरहेको प्रमुख मिश्रको भनाइ छ। पुस्तकालयमा ६ सयवटा हस्तलिखित ग्रन्थ पनि छन्।

२०२६ साउन १ देखि सरकारको स्वामित्वमा रहेको पुस्तकालयमा केशर शमशेरले विसं १९६५ देखि संकलन गरेका किताब रहेका छन्। पुस्तकालय भवनले ३५ रोपनी क्षेत्रफल ओगटेको छ।