आजसम्म घामपानी शुक्रबारदेखि सफा

0
Shares

काठमाडौं, (नेस)।

पश्चिमी वायुको चाप बढेसँगै मुलुकको केही स्थानमा मौसम सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार रातिदेखि वायुको चाप बढ्दै बदली भएको मौसम बिहीबार मध्यरातसम्म कामय रहनेछ भने शुक्रबारदेखि मौसम सफा रहनेछ।

पश्चिमी भेगबाट बढ्न थालेको वायुको चाप विस्तारै मध्य र पूर्वी भेगमा बढ्दै गइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। यसको प्रभाव पनि बिहीबारदेखि मध्य र पूर्वी भेगमा पर्ने देखिन्छ।

यसका कारण देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। पूर्वी र मध्य भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

वायुको चाप पूर्वी दिशातर्फ बढ्दै जाने भएकाले बिहीबार राति अबेरसम्म यसको प्रभाव देखिने जनाएको छ। पश्चिमी वायुको चाप बढेसँगै मंगलबार मध्यरातमा पानी परेको थियो।्