पर्यटन बोर्डमा रेग्मी

0
Shares

काठमाडौं, (नेस)।

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धनञ्जय रेग्मी नियुक्त हुनुभएको छ। बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

रेग्मी नेपाल कम्युनिस्ट पार्टी निकट व्यक्ति मानिनुहुन्छ। पृथ्वीनारायण क्याम्पस पोखरामा हुँदा उहाँले अनेरास्ववियुसँग निकट रहेर काम गर्नुभएको थियो।