राष्ट्र बैंकसँग महालक्ष्मी विकास बैंकको सम्झौता

0
Shares

महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकसँग रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त सम्झौता पश्चात ग्राहकले रियल टाइम ग्रस सेटलमेन्टबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबार फस्र्योट हुने हँुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ज्यूले हस्ताक्षर गर्नु भएको हो।

१०२ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाइन बैंकिङ, एटीएम, क्युआर पेमेन्ट, मोबाइल बैंकिङलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।