नेपाल सरकारले दामनमा मृत्यु भएका ८ भारतीयको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मुख्यमन्त्री विजयनकाे माग


न्युज अफ नेपाल, काठमाडौँ ।

भारतको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा होटलमा बास बस्ने क्रममा ८ जना भारतीयको मृत्यु भएको पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेका छन् । साथै घटनाको छानविन गर्न माग गरेका छन् ।

मुख्यमन्त्री विजयनले भारतको केन्द्र सरकारका विदेशमन्त्रीलाई एस. जयशङ्कर एक पत्र लेखेर घटनामा आवश्यक सहयोग गर्न आग्रह गरेका छन् । साथै विजयनले पीडित परिवारका लागि नेपाल सरकारसँग उचित क्षतिपूर्ति माग्नुपर्ने विजयनले जयशङ्करसँग आग्रह गरेका छन् ।

पत्रमा मृतक बास बसेको होटेलको कोठाको उपकरणमा खराबी भएको, त्यसैले गर्दा उनीहरुको मृत्यु भएको देखिएको उल्लेख गरिएको छ । यस्तै विजयनले सेवा प्रदायकले लापरबाही गरेको आरोप लगाएका छन् । त्यस्तै नेपालको नियामक निकायले आफ्नो जिम्मेवारी ननिभाएकाले यो घटना भएको आरोप विजयनले लगाएका छन् ।
नेपाल सरकारले यसअघि नै एभरेस्ट पानारोमाको घटनाको अनुसन्धानका लागि एक समिति गठन गरिसकेको छ ।

ग्यास हिटर गुम्सिएर मृत्यु भएको अनुमान गरिएका ८ जना भारतको दक्षिणी राज्य केरलाका थिए ।