भारतले अन्तरिक्षमा रोबोट पठाउने

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतले सन् २०२१ को उत्तराद्र्धमा पहिलो मानवयुक्त टोलीलाई अन्तरिक्ष पठाउनु अघि ‘व्योममित्र’ नाम मानव रोबोटसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्न लागेको बिहीबार दि ट्रिब्युनले जनाएको थियो।

यो मिसन यसै वर्षको उत्तराद्र्ध र सन् २०२१ मा पनि हुने बताइएको छ।संस्कृत भाषाबाट यस महिलास्वरूपको रोबटको नामाकरण गरिएको हो।

संस्कृतमा व्योमको अर्थ अन्तरिक्ष हो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) ले तयार पारेको यस रोबोटको कुनै खुटा भने छैनन्।

रोबोटले पत्रकारहरुलाई आफूले स्विच प्यानलहरु चलाउन, अन्तरिक्ष यात्रीहरुसंग कुराकानी गर्न, अन्तरिक्ष यानको वातावरणीय तथा लाइफ सपोर्ट प्रणालीहरुसंग कुरा गर्न र राम्ररी समन्वय स्थापना गर्न सक्ने बताएको छ।

तर वास्तवमा यस रोबोटको प्रमुख उद्देश्य भनेको आईएसआरओले आफ्नो गगनयान नामक अन्तरिक्ष यानमा मानिस राखेर प्रक्षेपण गर्नुअघि अन्तरिक्ष उडानले मानव शरीरलाई के–कस्तो प्रभाव पार्ने हो भन्ने जानकारी दिनुरहेको बताइएको छ।

आईएसआरओका अध्यक्ष के शिवनले पत्रकारहरुलाई उही उद्देश्यबारे प्रकास पारेका छन्। गत वर्ष मात्र अमेरिकाको नासाले एस्ट्रोवी नामक रोबोटलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द«मा पठाएका थिए।