चेल्सी एफएको पाँचौं चरणमा

0
Shares

लन्डन, (एजेन्सी)। 

हल सिटीलाई २–१ गोलअन्तरले हराएर चेल्सी एफए कपको पाँचांै चरणमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरेका थिए।

हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काएका थिए। खेलको छैठौै मिनेटमा बात्सुयाइँको गोलबाट चेल्सीले अग्रता बनाएको थियो। कप्तान सिजर एजपिलिक्वेटाको क्रसमा मासन माउन्टको हेडरलाई ब्लक गरे पनि रायन ताफाजोलीबाट डिफ्लेक्सन भएको बललाई बात्सुयाइँले गोलमा परिणत गरेका थिए।

खेलको ६४औं मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो। रोस बार्कलेको फ्रिकिकलाई फिकायो तोमोरीले गोलमा परिणत गरेका थिए। खेलको ७८औं मिनेटमा घरेलु टोलीले एक गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि अन्य गोल नभएपछि चेल्सीले जित हात पारेको थियो।