खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

0
Shares

न्युज अफ नेपाल, धनुषा ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय कार्यसमितिको दुई दिने बैठक बन्धुहरुबीचको आपसी सम्बन्ध थप सुदृढ पार्ने लगायत बिभिन्न भावी नीति तय गर्दै सम्पन्न भएको छ ।

माघ १० र ११ गते प्रदेश नम्बर २ को धनुषा जिल्ला अन्तर्गत लालगडमा भएको बैठकले बिगतमा भएका निर्णयको कार्यन्वयनलाई जोड दिंदै खप्तडी बुढाथोकी (क्षेत्री)बीच आपसी सम्बन्ध थप सुदृढ पार्ने ,कुल परम्परा र बंशावलीको खोजी गर्ने उद्देश्यले भाबी रणनीति तय गरेको केन्द्रिय अध्यक्ष श्री बिकेन्द्र दिप कुमार बुढाथोकीले बताउनुभयो ।

बैठकले महासचिव श्री डम्बर बहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको सांगठनिक तथा कोषाध्यक्ष डिल्लीकुमार बुढाथोकीले प्रस्तुत पर्नुभएको २०७७ असारसम्म्को आर्थिक प्रतिवेदन सुझाब सहित पारित गर्नुका साथै यस अघि गठन भएका जिल्ला कार्यसमितिबाट बन्धुहरुको जिल्लागत लगत संकलन २०७७ असार मसान्तसम्ममा लिइ सक्ने र बिभिन्न जिल्लामा शाखा कार्यालय स्थापनाको लागि अनुमती दिने लगायत निर्णय गरेको समाजका उपमहासचिब तथा सुचना ,संचार तथा प्रकाशन बिभाग संयोजक पुष्करराज बुढाथोकीले बताउनुभयो ।

यसैगरी बैठकले संस्कृति,कुल तथा बंशावली बिभागको जिम्मेवारी केन्द्रीय सदस्य खड्गबहादुर बुढाथोकीलाई दिने र सात वटै प्रदेशका सचिबले केन्द्र र जिल्लासँग समन्वय गरी समिति गठन हुन बाँकी रहेका प्रदेश तथा जिल्लामा शीघ्र समिति गठनका लागि पहल गर्न जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले कार्यालय ब्यबस्थापन ,कन्द्रीय भबन निर्माणका लागि भएका प्रगति विवरण ,आगामी बर्ष २०७७ को क्यालेण्डर प्रकाशनका लागि समेत निर्णय र पहल गरेको छ ।

उक्त बैठककमा केन्द्रीय अध्यक्ष श्री बिकेन्द्र कुमार दिप , वरिष्ठ उपाध्यक्ष श्री गणेश बुढाथोकी , उपाध्यक्ष श्री हरी बहदुर बुढाथोकी “शंकर “ महासचिव श्री डम्बर बहादुर , केन्द्रिय उपमहासचिब पुष्करराज तथा सचिबहरु कुमार प्रसाद , नानी बाबु , कृष्ण बहादुर बुढाथोकी, केन्द्रीय सदस्यहरु ,सल्लाहकार लगायत बन्धुहरुको उपस्थिति रहेको थियो ।देश तथा बिदेशमा छरिएर रहेका बन्धुहरुबीचको आपसी सम्बन्ध सुदृढ पार्न ,कुल परम्परा र बंशावलीको खोजी गर्न र आपसी सहयोग र सहकार्यको संस्कृति बिकास गर्न बैठकले जोड दिएको छ ।