दृष्टिविहीनलाई सेतो छडी प्रदान

0
Shares

पोखरा ।

सोनाम ल्होछारका अवसरमा बैदाम तामाङ सेवा समाजले दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । समाजद्वारा निर्माण गरिएको रिञ्छिन तोर्जेट तामाङ शान्ति गुम्बामा शनिबार आयोजित कार्यक्रममा अपाङमैत्री सङ्घ कास्कीलाई सेतो छडीसहित रु १० हजार नगद प्रदान गरिएको छ ।

नेपाल तामाङ घेदुङ गण्डकीका अध्यक्ष हरिजंग तामाङले ल्होछार एकताको चाड भएको बताउँदै भाषा र संस्कृतिले नै जातिको अस्तित्व बचाइराख्ने विश्वास व्यक्त गर्नुभयो ।

हेल्पिङह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चीनबाट फैलिएको कोराना भाइरसको सङ्क्रमण, लक्षण र रोकथामका उपायबारेमा जानकारी गराउनुभएको थियो ।