पूर्वसांसद कार्कीको निधन

0
Shares

पाल्पा।

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभयो ।

उहाँले मिर्गौलाको डायलायसिस गराउँदै आउनुभएको थियो ।पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका उहाँ विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं २०५१ देखि २०५६ सम्म उहाँले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गर्नुभएको थियो ।