बच्चाहरूको अनलाइन सुरक्षाका लागि नयाँ प्राइभेसी कोड

0
Shares

लन्डन, (एजेन्सी)।

बेलायतमा सामाजिक सञ्जाल वेबसाइटको प्रयोग गर्ने वार अनलाइन गेम खेल्ने बच्चाहरूलाई साइबर बुलिंग अर्थात डरधम्कीबाट बचाउन नयाँ प्राइभेसी कोड जारी गरेको छ। डाटामा निगरानी राख्ने सूचना आयुक्तको कार्यालयले बच्चाहरूको सुरक्षालाई लिएर तयार गरेको हो।

यसमा १५ नियम समावेश गरिएको छ। यसलाई तोड्नेमाथि धेरै जरिवानाको प्रावधान पनि राखिएको छ। हालै मात्र लन्डनमा १४ वर्षका बच्ची मोली रसेलले अनलाइन कन्टेन्ट हेरेपछि आफैँलाई नोक्सान पुर्याएको र पछि आत्महत्या गरेका थिए। यस घटनाले मातापितालाई चिन्ता बढाएको थियो।

मोलीका पिता इयान रसेलले अनलाइन सुरक्षालाई लिएर नयाँ नियमको स्वागत गरेको छ। सूचना आयुक्त एलिजावेथ डेनहमले भावी पिढीँ हामीले बच्चाहरूको अनलाइन सुरक्षा नगरेकोमा दुखित हुन्थे। नयाँ नियम परिवर्तनकारी प्रमाणित हुने उनले बताए।

बच्चाहरूको सुरक्षा लागि कानुन रहेको तर १५ नियमको यो सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने उनले बताए। नयाँ नियमलाई संसद्बाट स्वीकृत गरेपछि कानुन बन्नेछ।

नयाँ प्राइभेसी कोडका अनुसार अनलाइन सेवा दिने कम्पनीले बच्चाको गोपनियताको रक्षा गर्ने प्रतिबद्धता पूरा गर्नुपर्नेछ। अनलाई सेवामा इन्टरनेट, एप्लिकेसन, सामाजिक सञ्जाल प्लेटफर्म, अनलाईन गेम, शैक्षिक वेबसाइट र स्ट्रिमिङ सेवासँग सम्बन्धित खेलौना पनि समावेश गरिएको छ।

नयाँ प्राइभेसी कोडमा अनलाइन सेवा बच्चालाई ध्यानमा राख्दै डिजाइन गर्नुपर्नेछ। उक्त अनलाइन सामग्री वा प्रोडक्टसम्म पुग्ने बच्चाको अधिकार र जोखिमको आँकलन आवश्यक छ। प्रयोगकर्ताको उमेर पत्ता लगाउने प्रभावकारी व्यवस्था बनाउनुपर्नेछ। अनलाइन सामग्री अर्थात् उत्पादनको गोपनियता जानकारी संक्षिप्त, सटिक र स्पष्ट भाषामा हुनुपर्नेछ।