चिसोका कारण बृद्धको मृत्यु

0
Shares

नवलपरासी, (नेस)।

तराईमा बढिरहेको अत्यधिक चिसोका कारण शनिबार पूर्वी नवलपरासीको त्रिवेणी धाममा एक बृद्धको मृत्यु भएको छ।
माघेऔंसी मेला भर्न आएका पाल्हिनन्दन गाउँपालिका २ अमानीगन्ज निवासी ६० वर्षीय बृद्ध विजय ठेठरको चिसोका कारण मृत्यु भएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ।

मृतक ठेठरको शव विनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणी बसपार्क फेला परेको र शवलाई पोस्टमार्टमका लागि पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच पूर्वी नवलपरासी जिल्लास्थित विनयी त्रिवेणी ७ बनकट्टीमा शनिबार दिउँसो यात्रुबसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

बसको ठक्करबाट मृत्यु हुनेमा भारत विहार राज्य मुजफरपुर जिल्ला बखरा पञ्चायत निवासी ४५ वर्षीय धर्मा माझी रहेकाछन्।

त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७४८४ नम्बरको बसले ठक्कर दिँदा माझीको घटनास्थलमै ज्यान गएको थियो। माझीलाई ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ।