घूस रकमसहित अख्तियारको फन्दामा अध्यक्ष

0
Shares

वासुदेव शर्मा, जाजरकोट

आठ लाख रूपियाँ घूस रकमसहित गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन्।जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई घूस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पक्राउ गरेको हो। अध्यक्षसहित दुई जनालाई घूस रकमसहित पक्राउ गरेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी र उपाध्यक्षका श्रीमान् चन्द्रबहादुर बस्नेत घूस रकमसहित शुक्रबार पक्राउ परेका छन्।

राष्ट्रियसभाको निर्वाचनका लागि जाजरकोटवाट सुर्खेत गएका अध्यक्ष केसीले उपभोक्ता समितिका पदाधिकारीहरुलाई सुर्खेतमै बोलाइ उपभोक्ता समितिबाट घूस लिँदै गर्दा शुक्रबार अख्तियारको फन्दामा परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले आठ लाख घूस रकमसहित अध्यक्ष केसीलाई रंगेहात पक्राउ गरेको हो।

उपभोक्ता समितिबाट घूस लिँदै गर्दा अध्यक्ष केसीलाई पक्राउ गरेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ। अख्तियार दुरूपयोग अुनसन्धान आयोगको टोलीले घूस लिँदै गरेको अवस्थामा सुर्खेतको वीरेन्द्रनगरबाट अध्यक्ष कृष्णबहादुर केसीलाई पक्राउ गरेको हो।

उपभोक्ता समितिबाट आठ लाख घूस लिँदै गरेको अवस्थामा अध्यक्ष केसीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ। नियन्त्रणमा लिएका अध्यक्ष केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ।

नियन्त्रणमा लिइसकेपछि आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको सहयोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयबाट आयोजनाका केही महत्वपूर्ण फाइलहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनुभयो।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसंगै पक्राउ परेका सोही गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर वस्नेतलाई अख्तियारको टोलीले वीरेन्द्रनगरस्थित कटकुवा हेल्थपोस्टनजिकैबाट घूस रकम गन्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

गाउँको सडक निर्माण उपभोक्ता समितिबाट बील पास गराइदिने भन्दै घूस मागेको प्रारम्भिक अनुमान गरिएको छ। नियन्त्रणमा लिइएका दुवैजनालाई थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ।

घूस रकमसहित पक्राउ गरेका अध्यक्ष तत्कालीन माओवादी केन्द्रबाट जुनीचाँदे गाउँपालिकाबाट विजयी भएका हुन् भने अर्का चन्द्रबहादुर बस्नेत नेकपाकै कार्यकर्ता हुन भने हाल गाउँकै विद्यालयमा शिक्षण पेसा गर्दै आएका छन्।