पुष्कर मिडिया अवार्डबापतको रकम फाउन्डेसनलाई

0
Shares

इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले राजधानीमा केही साताअगाडि सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा सम्पन्न गोदरेज नम्बर वान कामना फिल्म अवाड्र्स–२०७६ मा कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर मिडिया अवार्डबाट सम्मानित हुँदा प्राप्त गरेको १ लाख रुपियाँ तारादेवी फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गरेका छन्।

बिहीबार तारादेवीको १४औं पुण्य तिथिमा आयोजित सम्झनामा तारादेवी कार्यक्रममा मानन्धरले इमेज अवार्ड शुरू गर्नुका कारण तारादेवी भएको जनाउँदै पुष्कर मिडिया अवार्डबापत प्राप्त १ लाख रुपियाँमा इमेज अवार्डको तर्फबाट १ लाख रुपियाँ थप गरी २ लाख रुपियाँ फाउन्डेसनको नाममा प्रदान गर्ने घोषणा गरे। उनले कार्यक्रममा बोल्दै तारादेवी ढुकुटीमा बन्द रहेको टिप्पणीसमेत गरे।