वासिंगटन, (एजेन्सी)।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ऐतिहासिक महाअभियोगको सुनवाइ अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आरोप प्रत्यारोपबीच शुरू भएको छ।
सत्ताको दुरूपयोग र संसद्को काम कारबाहीमा अवरोध गरेको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग लगाइएको हो। महाअभियोग प्रमाणित भएमा डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पद छोड्नुपर्ने हुन्छ। तर यसको सम्भावना भने अत्यन्त न्यून मानिन्छ।
सिनेमा छलफलका क्रममा डेमोक्र्याटले सिनेटका नेता मिच म्याकोनेलमाथि यो प्रक्रियाका लागि प्रस्तावित नियम तेस्र्याउँदै मुद्दालाई दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
वास्तवमा रिपब्लिकन म्याककोनेलले केही आधारभूत नियम प्रस्ताव गरेका थिए। जसमा पहिलो चरणमा साछी तथा प्रमाणहरुमा केही कडा प्रतिबन्द लागू हुनेछ र यो मामिला तिब्र ढंगले अगाडि बढ्छ। उनले यो नियम परिवर्तन गर्ने डेमाक्र्याट सांसदहरुको प्रयासलाई तत्काल रोक्नेछ।
यसअघि विश्व आर्थिक मन्चको सम्मेलनमा भाग लिन स्विट्जरल्यान्डको दावोस पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले पुनः एकपटक आफूविरुद्धको महाभियोगको प्रक्रियालाई धोखाको संज्ञा दिएका छन्।
उनीमाथि महाअभियोग ल्याइरहेको बेला अमेरिकामा हुनुपर्नेमा डावोसमा किन भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा ट्रम्पले भने– ‘मेरो विश्व नेताहरुसँग वार्ता भइरहेको छ, जो विश्वका महत्वपूर्ण व्यक्तिहरु हुन्। हामी अत्यन्तै राम्रो विजनेस लिएर गइरहेका छौं।
महाभियोगमाथि ब्यंग्य कस्दै ट्रम्पले भने– ‘अर्को भनेको छल हो। यो प्रताडित गर्ने प्रयास हो, जुन वर्षौंदेखि चलिरहेको छ र इमान्दारीका साथ भन्ने हो भने यो अत्यन्तै लज्जास्पद हो।
अमेरिकाका ४५औं राष्ट्रपति ट्रम्प देशको इतिहासमा महाअभियोगको सामना गर्ने तेस्रो हुन्। डेमोक्र्याट्सको पकड रहेको अमेरिकी संसद्को तल्लो सदन अर्थात ४३८ सदस्य रहेको प्रतिनिधिसभाले गत वर्ष डिसेम्बर १८ मा ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको थियो।
यद्यपि सिनेटमा रिपब्लिक सांसदको नियन्त्रण छ, यस अवस्थामा ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन सक्ने सम्भावना अत्यन्तै न्यून छ।
महाभियोग प्रक्रिया तल्लो सदनले पारित गरेको भए पनि रिपब्लिकन बहुमत रहेको सिनेटबाट पारित हुन अत्यन्तै कठिन भएकोले ट्रम्पको सत्ता हाललाई सुरक्षित मानिएको छ।
ट्रम्पमाथि सन् २०२० को राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टी तर्फका सम्भावित उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोय बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको जाँचका लागि युक्रेन सरकारमाथि दबाब दिएको आरोप छ।
बाइडेनका छोरा युक्रेनको एक उर्जा कम्पनीमा वरिष्ठ अधिकारी हुन्। ट्रम्प र युक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीबीच भएको कथित टेलिफोन वार्ता महाअभियोगका लागि एक महत्वपूर्ण प्रमाण बनेको छ।











प्रतिक्रिया