चक्कु प्रहारबाट एक को मृत्यु


न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरमा साथीसाथीबीच विवाद हुँदा भएको चक्कु प्रहारबाट एक जना को मृत्यु गएको छ।  बुधबार साँझ साथीहरुबीच विवाद हुँदा चक्कु प्रहारबाट भक्तपुर नगरपालिका ६ भोलाछेंका १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो। चक्कु प्रहारबाट घाइते भएका सुवाललाई उपचारको लागि तत्काल भक्तपुर अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।

सुवाललाई चक्कु प्रहार गर्ने उनकै साथी १५ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुवालको छाती र पेटमाथि गरी दुई ठाउँमा चक्कु प्रहार गरिएको भेटिएको प्रहरीले जनाएको छ। साथीलाई चक्कु प्रहार गरी भागेर लुकेर बसेका सुवालका साथीलाई प्रहरीले बुधबार नै भक्तपुर नपा १ सिद्धपोखरी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। प्रहरीले उनीसँगै लुकेर बसेका अर्का १६ वर्षीय युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।