लगातार परेको हिमपातका कारण २ को मृत्यु


न्युज अफ नेपाल, बझाङ ।

हिमपात लगातार ४ पटक परेको हिमपातका कारण सुर्मा गाउँपालिका २ जनाको मृत्यु भएका छ भने एक हजार एक सय भन्दाबढी पशु चौपाया मरेका छन् । लगातार हिमपातका कारण साईपाल गाउँपालिका भरी एक जार ७ सय भन्दा बढी भेडा च्यांग्रा मरेका साईपाल गाउँपालिकाले जनाएको छ । बाक्लो हिमपात भएपछि एक करोड ३ लाख बरबरका भेडा, च्याङग्राहरु मरेका छन् भने गाउँपालिकाले वितरण गरेका ६ लाख ५० हजार बराबरका विभिन्न जातका फलफुलका बोटहरुमा नोक्सान पुगेको छ । गाउँपालिका भरी एक करोड ९ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको धामीले बताए । झण्डै यहाँ तिन सय परिवारले भेडा च्याङ्ग्रा पाल्दै आएका छन् ।

यस्तै तल्कोट गाउँपालिकामा २२ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको गाउँपालिकाले जनाएको छ । हिमपातका कारण दाँतोली गाड लघुजल विद्युत आयोजना र मल्लो सुगाड लघु जलविद्युत योजनाका पोलहरु ढलेर १५ लाख बराबरको नोक्सान भएको छ । अहिले विद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको छ । गाउँपालिकाले वितरण गरेका ३० भन्दा बढी टर्नेल हाउसहरु पुर्ण रुपमा क्षति पुगेको जसबाट ७ लाख ५० हजार बराबरको क्षति भएको हो ।

यता खप्तड छान्ना गाउँपलिका भरी एक करोड २ लाख ३५ हजार मुल्य बराबरको नोक्सान गरेको छ । एकै पटक बाक्लो हिउँ परेका कारण गाउँपालिकाबाट वितरण गरिका २ सय ८ भन्दा बढी टर्नेल हाउस भत्केका छन् भने विभिन्न ठाँउमा विद्युतका पोलहरु भाँचिएको र गाउँपालिकाले वितरण गरेका दाँते ओखर, कागती, केराका बोटलगायतका फलफुहरु पुर्ण रुपमा नष्ट गरी दिएको छ । अधिकांश फलफुलका बोटहरु काम नलाग्ने गरेर भाँचिएकाछन् । हिमपातले २५।३० लाख बराबरको नोक्सान गरेको बताइएको छ । गाउँपालिका भरी कति क्षति भयो भन्ने कुराको डाटा आई सकेको छैन । जिल्ला भरिमा सबै भन्दा कम क्षति जयपृथ्वी नगरपालिकामा भएको छ । विभिन्न प्रजातीका कागती अमिलो लागतका फलफुहरु र टर्नेलहरु गरेर जम्मा ५ लाख मुल्य बराबरको मात्रै क्षति भएको तर तथ्याङ्क लिने काम सकिएको छैन ।