काठमाडौं, (नेस)।
नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आइतबार एपीएफ र सेनाको टीएसी महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
एपीएफले समूह ‘ए’ को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी)लाई ३–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो।
योसँगै एपिएफको ६ अंक भएको छ। यस्तै सेनाको टीएसीले जेभीसीलाई ३–० सेटले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
प्रतिक्रिया