किक बक्सिङमा एपीएफ च्याम्पियन

0
Shares

काठमाडौं, (नेस)।

नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा ५ स्वर्ण जितेर च्याम्पियन बनेको छ।

योसँगै एपीएफले १ लाख नगद पुरस्कार प्राप्त गर्यो। ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णसहित दोस्रो भयो।

आर्मीले ५० हजार नगद पुरस्कार हासिल गरेको छ। यस्तै प्रतियोगितामा पुरुषतर्फ आर्मीका राजेश चौधरी तथा महिलातर्फ नेपाल प्रहरी क्लबकी रीता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए। दु

वैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे। राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए।

स्वर्णवापत दुवैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए। भाटभटेनीले अनुशासित टिमको उपाधि हात पार्यो भने मार्चपासमा एपीएफ उत्कृष्ट बन्यो।