सुनील महर्जन, काठमाडौं।
निर्वाचन आयोगले यही माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि ६ हजार २ सय ६० थान मतपत्र सातवटै प्रदेशमा मतपत्र पुर्याइसकेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सातवटै प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ। प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो, स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो मसीले विवरण र निर्वाचन चिह्न उल्लेख गरी मतपत्र पठाइएको छ।
उक्त निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन्। प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीनजना, प्रदेश २ मा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चारजना, प्रदेश ३ मा महिला र अन्य समूह गरी जम्मा दुई जना, गण्डकी प्रदेशमा महिला र अन्य समूह गरी दुई जना, प्रदेश ५ मा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी तीनजना, कर्णाली प्रदेशमा महिला र अन्य समूह गरी दुईजना र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई जना गरी जम्मा १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने आयोगले जनाएको छ।
समूहगतरूपमा मतदान गर्नुपर्ने भएकाले चार प्रकारको मतपत्र प्रयोग हुने आयोगले जनाएको छ। चार प्रकारको मतपत्रमा महिला, दलित, अल्पसंख्यक र अन्य समूहको छुट्टाछुट्टै रहनेछ।
समूहगत उम्मेदवारलाई मतदान गर्नका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका स्थानीय तह तर्पmका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको अलग मतपत्रको व्यवस्था गरिएको छ।
महिला, दलित तथा अपांगता भएका वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, मतपत्र रहेका छन्।











प्रतिक्रिया