बाख्रालाई जोगाउँदा ट्याक्टर दुर्घटनाः दुई को मृत्यु, पाँच घाइते


सुभेन्द्र दास, लहान ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा २ को ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे (साउण्ड सिष्टम) र जेनेरेटर बोकेको ट्याक्टर बाख्रालाई जोगाउँने क्रममा पल्टिदा लहान नगरपालिका – १३ का २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२ २० वर्षीय श्रीप्रशाद माण्डलको ज्यान गएको हो ।

तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएको हो । दुर्घटनामा घाइते भएकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । मृत्यक दुवै जनाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको इन्सपेक्टर पुरीले बताए ।