युनाइटेड चौथो चरण

0
Shares

लन्डन, (एजेन्सी)।

म्यानचेस्टर युनाइटेड इंग्ल्याण्डमा जारी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।वुल्भ्सलाई बुधबार राती १–० ले हराउँदै युनाइटेडले जारी सिजनको एफए कपको चौथो चरणमा स्थान पक्का गरेको हो।

युनाइटेडको जितमा हुवा माटाले खेलको ६७औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक साबित बन्यो।

घरेलु मैदानमा उच्च प्रदर्शन गरेको युनाइटेडले थप गोलका अवसर पाएर पनि सदुपयोग गर्न सकेन। एफए कपकै अर्को खेलमा कार्डिफ सिटीले पनि कार्लिस्ली युनाइटेडलाई ४–३ ले हराएको थियो।