एमेजोनको भारतमा एक अर्व डलर लगानी

0
Shares

नयाँदिल्ली,(एजेन्सी) ।

इ–बिजिनेस एमेजोनका अर्वपति मालिक जेफ बिजोसले चारतमा ठूलो परिमाणमा अर्थ लगानी गर्ने बुधवार घोषणा गरेका छन् । उनले भारत आर्थिक वृद्धीका लागि प्रमुख बजार रहेको मुलुक भएके बताएका छन् ।

बिजासले आफ्नो कम्पनीले भारतका साना तथा मझौला व्यापारिक कम्पनीहरुलाई डिजिटल प्रविधिमा परिणत गरी अनलाई मार्फत आफ्ना उत्पादन बिक्रि गर्न सक्षम बनाउने उद्देश्यले एक अर्व अमेरिकी डलर लगानी गर्ने जानकारी दिएका छन् ।

भारतको राजधानी नयाा दिल्ली स्थित एउटा कम्पनीको कार्यक्रममा बोल्दै एकाइसौं शताब्दि ‘ भारतिय शताब्दी ’ हुन गइरहेको घोषण गरेका छन् । तर उनका ेतीनदिने भारत भ्रमणको वयापक विरोध प्रदर्शन हुने अनुमान गरिएको छ ।

भारतका ३ सय वटा शहरका हजारौं साना वयापारीहरुले आफुहरुले स्थानिय खुद«ा बजारमा एमेजोनको लगानीबाट नकारात्मक प्रभाव पर्ने देखेको भन्दै विरोध प्रदर्शनको योजना बनाएका छन् ।

तिनीहरुले एमेजोनले आफ्नो प्लेटफर्म मार्फ केहि ठूला बिक्रेतालाई सहयोग र समर्थन र ठूलो छुटमा उत्पादनहरु बिक्रि गरेर आफ्नो व्यवशाय नै विस्थापित गर्न खोजेको आरोप लगाएका छन् । तर एमेजोनले यो आरोप ठाडै अस्विकार गरेको छ ।

यस अघि नै भारतमा ५ अर्व ५० करोड डलर लगानी गर्ने प्रतिवद्धता जनाइसकेका एमेजोनले सन् २०२५ भित्रमा १० अर्व डलर वरावरको भारतमा उत्पादित वस्तुहरु अनलाई मार्फत निर्यात गराउने लक्ष लिएको पनि बिजोसले बताएक छन् ।

अहिले पनि भारतिय इ – कमर्स अमेरिकाको विशाल खुद«ा बिक्रेता कम्पनी वालमार्टको स्वामित्वमा रहेको एमेजन र फिलपकार्टको बाहुल्य रहेको छ । तर गत वर्ष भारत सरकारले विदेशी स्वामित्वमा रहेका अनलाइन खुद«ा बिक्रेताहरुले आफ्नै सहुलियत प्राप्त वस्तुहरु बिक्रि गर्न नपाउने नयाा कानुन बनाएपछि यि दुवै कम्पनी ठूलो नोक्सानी ब्यहोर्नु परेको थियो ।

यसै महिनामात्र एसियाकै सबैभन्दा धनी मुकेश अम्वानीको रिलायन्स उद्योगले भारतमा एमेजनसंग अनलाई व्यापारमा चुनौति दिने घोषण गरेको थियो । अम्वानीको कम्पनीले आफ्ना विशाल मोवाइल सेवा ग्राहकहरु मार्फत आफ्नो अनलाइन ब्यापार प्रवर्धन गर्ने जनाएको थियो ।