‘कालापानीले पार्टीभित्र विवाद बढायो’

0
Shares

नेपाल समाचारपत्र, विराटनगर। 

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी नेपालको हो भनेपछि पार्टीभित्र विवाद बढाइएको गुनासो गर्नुभएको छ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले नेपाली कांग्रेसको महाधिवेशनको मिति कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्दै अन्य कुरामा भने छलफल भइरहेको जानकारी दिनुभयो।

सभापति देउवाले नेकपाभित्रको गुटगत विवादका कारण संसद अनिर्णयको बन्दी भएको बताउनुभयो। उहाँले सभामुख छान्न नसके आफूहरुले सभामुख दिने बताउँदै संसदको गतिरोध अन्त्यका लागि संसदीय दलको बैठक बोलाउन लागिएको र चाँडै नै एउटा निर्णयमा पुग्ने जानकारी दिनुभयो।

सभापति देउवाले संवैधानिक रूपमा एउटै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने भए पनि संविधानविपरीत कार्य भइरहेको र यसलाई सच्याउन आग्रहसमेत गर्नुभयो।

उहाँले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गर्नुभयो।

‘नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, तर संसद्लाई बन्धक बनाउन मिल्दैन’ –उहाँले भन्नुभयो।

उहाँले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गर्नुभयो। पूर्वप्रधानमन्त्री समेत रहेका देउबाले सत्तापक्षका नेताहरुबीच नै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसद्बाट अनुमोदन गर्नुपर्ने पनि बताउनुभयो।

‘हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ’, सभापति देउबाले भन्नुभयो– ‘नेपालको विकासमा अमेरिकाले ग्राह्यता दिएको छ। यसलाई अनुमोदन गरेर जानुपर्छ।’