जीएचसीए र सैनिक विजयी 

0
Shares

काठमाडौं, (नेस)।

मुलपानी क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेक्सस कप ‘टी’ २० क्रिकेट प्रतियोगितामा वाईवाई जीएचसीए र वीरेन्द्र सैनिक आवासीय स्कुल विजयी भएका छन।

मंगलबार भएको पहीलो खेलमा जीएचसीएले वेस्र्टन क्रिकेट एकेडेमी बुटवललाई १ सय ३५ रनले हराएको हो। त्यस्तै दोस्रो खेलमा सैनिकले बुटवल युथ स्पोटर्स क्लबलाई १० रनले पराजित गरेको छ।
 टस जितेर ब्यटिङ रोजेको जीएचसीएले निर्धारित २० ओभरमा २ बिकेट गुमाउदै २ सय १४ रन बनाएको थियो। टोलीका लागि दिपक बोहोराले ४६ बलमा ६ छक्का ११ चौकाको मद्दतले १ सय ७ रनको शतकीय पारी खेलेका थिए।

त्यस्तै अर्का ब्याट्सम्यान आदित सुबेदी ५० रन र अशोक पौडेलले ४३ रन योगदान दिएका थिए। जवाफी ब्याटिङमा उत्रेको वेस्र्टन १६.१ ओभरमा सबै विकेट गुमाउदै ७९ रनमा समेटिएको थियो। टोलीका लागि प्रकाश गिरीले ४२ रन जोडेका थिए। बलिङतर्फ जीएचसीएका प्रशान्त सिंह, विशाल पटेल र आरीयो पौडेलले समान १/१ बिकेट लिएका थिए।

दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको भक्तपुरको वीरेन्द्र सैनिकले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। टोलीका लागि आसिस कुवँरले २४ रन र निश्चय थापाले १९ रनको योगदान दिए।

बलिङ तर्फ बुटवल युथ स्पोटर्स क्लबका जयासाना र अजय कुवँरले समान २÷२ विकेट लिएका थिए। जवाफी ब्याटिङमा बुटवलले युथ स्पोटर्सले २० ओभरमा ९ बिकेट गुमाउदै ९९ रन बनाएको थियो।