ह्यारी दम्पतीको शाही पद त्याग्ने फैसलालाई महारानीको समर्थन

0
Shares

लन्डन, (एजेन्सी)।

राजकुमार ह्यारी दम्पतीद्वारा शाही पद परित्याग गरेको विषयमा छलफलका लागि महारानी एलिजावेथ द्वितीयले निजी निवास सेन्ड्रिंगम स्टेटमा आपत्कालीन बैठक बोलाएकी थिइन्। बैठकमा राजपरिवारका वरिष्ठ पद छोडने घोषणा गरिसकेका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केल पनि सहभागी थिए।

शाही परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तीमा महारानीले ह्यारी र मेगन मार्कललाई आशीर्वाद दिँदै उनीहरुको फैसलालाई समर्थन गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ– ‘मेरो परिवार र म ह्यारी–मेगनको युवा परिवारका रूपमा नयाँ जीवन शुरु गर्ने फैसलाको समर्थन गर्दछ।

हामीले उनीहरु शाही परिवारको पूर्ण सदस्य रहेर काम गरुन् भन्ने चाहेका थियौं,तर हामी उनीहरुको राजपरिवारसँगै रहेर स्वतन्त्र परिवारका रूपमा रहने इच्छाको सम्मान गर्छौं।

ह्यारी र मेगन मार्कल बेलायत र क्यानाडा रहेर राजपरिवारको सेवा गर्ने महारानीले भनेको बताइएको छ। दुबैले सरकारी कोषको खर्चबाट नयाँ जीवन नबिताउने इच्छा व्यक्त गरेका छन्।

हाम्रो परिवारमा कयौं अनुत्तरित मुद्दाहरु सल्टाउन आवश्यक छ र त्यस्ता कामहरु पनि छन् जसलाई पुरा गर्न बाँकी छ। तर अन्य मामिलामा फैसला केही दिनपछि दिइनेछ।

यसेबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले क्यानाडाली जनता राजकुमार ह्यारी र मेगन मार्कल क्यानाडामा बस्ने फैसलाप्रति अत्यन्त खुसी रहेको बताए। तर यस विषयमा अझै छलफल गर्नु बाँकी रहेको उनले जोडे।

क्यानाडामा कसरी बस्ने भन्ने कुरा प्रष्ट नभएको उल्लेख गर्दै उनीहरुको खर्च र सुरक्षाको व्यवस्था कसरी हुन्छ, त्यसको निर्णय हुन बाँकी रहेको ट्रडोले बताए। हामी उनीहरुको फैसलाको समर्थन गर्छौं।

ह्यारी र मेगनले हालै मात्र शाही परिवारको वरिष्ठ पद छोड्ने फैसला लिएका थिए। दुबैले इन्स्टाग्राममा कयौं महिनाको विचार र आपसी छलफलपछि फैसला लिएको उल्लेख गरेका थिए।