रियललाई स्पेनिस सुपरकप

0
Shares

लन्डन, (एजेन्सी) ।

स्पेनिस फुटबलका महारथी रियल मेड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ। निकै नै तनावपूर्ण बनेको उक्त खेलमा एउटै शहरको प्रतिद्वन्द्वी एट्लेटिको मेड्रिडलाई टाईब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै १० खेलाडीमा समेटिएको रियलले उपाधि उचालेको हो।

साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित र थप गरिएको समयमा कुनै पनि गोल नभएपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा रियलका ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे।