अर्किड कप फुटबल हुने

0
Shares

काठमाडौं, (नेस)।

अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ। प्रतियोगितामा ३२ टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन्।

गत संस्करणमा ४० टिम सहभागी थिए। विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै तेस्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन्। प्रतियोगिताका खेलहरू काँडाघारीस्थित आयोजककै मैदानमा हुनेछ। चौथो संस्करणको उपाधि श्रमशीलले जितेको थियो।