‘कामदारको सुरक्षाका लागि सरकार तयारी अवस्थामा रहनुपर्छ’

0
Shares

भूपराज बस्याल, काठमाडौं।

इरान र अमेरिकाबीचको द्वन्द्वले सिधै नेपालमा असर नपारेपनि वैदेशिक रोजगारको क्रममा अत्याधिक नेपालीहरू रहेको मध्यपुर्वमा भने असर पर्ने हुदा तीनै नेपालीहरूको सुरक्षाको लागि नेपाल सरकार तयारी अवस्थामा बस्नुपर्ने कतारका लागी निवर्तमान नेपाली राजदूत प्राध्यापक रमेश कोईरालाको भनाइ छ।

तत्कालीन समयमा खाडी मुलुकका केही देशहरूले कतारमा लगाएको नाकाबन्दीका कारण तत्कालीन समयमा पनि केही उद्धार गर्नुपर्ने जस्तो देखिएको स्मरण गर्दे उहाँले भन्नुभयो–‘ कतार सरकारले केहीनिति चालेका कारण त्यास्तो दुर्घटना केही हुन पाएन तर पनि हामीले केही सर्तकता भने अपनाएका थियौ।’

तत्कालीन अवस्थामा नेपालीको मात्रै नभएर कतारमा रहेका सम्पूर्ण आप्रवासीको समस्या हुंदा उक्त समयमा त्यहाँ स्थित एसियाका दूतावासहरू मिलेर उद्धारको बारेमा बनाएका थियौ। हवाइ जहाज मार्फत तत्काल उद्धार गर्न कठिनाई हुने देखेर हामीले पानी जहाज वैकल्पिक रोजेको हुंदा हाल पनि त्यस्तै तयारीमा रहनु पर्ने उहाँको भनाइ छ।

कतारमा दश÷एघार हजार अमेरीकी सेना भएको हुदा कतारमा रहेको नेपाली राजदूतावास पनि निकै चनाखो हुनु भन्दै उद्धारको तयारीमा बस्न उहाँको सुझाब दिनुभयो। यदि द्वन्द्व सिर्जना भयो भने यसले एसियाका देशहरूमा पनि नराम्रो रुपमा देखा पर्न सक्छ।

एसिया देशहरू लागि करिब सत्तरी प्रतिशत तेल इरानको समुद्र हुदै आउने इरानले उक्त बाटो बन्द गर्याे भने एसियामा आर्थिक मन्दि सुरुहुन्छ आर्थिक मन्दी हुनु भनेको रोजगार गुम्नु हो त्यसैले द्वन्द्वको सिधा असर भन्दापनि अप्रत्यक्ष असर बढि पर्ने देखिन्छ उहाँको भनाइ छ।

देशको अर्थतन्त्रमा खाडी मुलुकको ठुलो योगदान रहेको हुंदा यो बिषय सरकारले उच्च प्रथामिकतामा राख्नुपर्ने मलेसियाका लागी पुर्व राजदुत ऋषिराज अधिकारीको भनाइ छ। नेपाल हरेक पटक योजनामा फेलहुने हुदा यो घटनामा सरकार फेल नहुने गरी काम गर्न सरकारलाई उहाँको सुझाब छ।