जिल्लाकै अग्लो क्याङजेन गुम्बा


सरस्वती न्यौपाने, रसुवा ।

समुद्रि सतहबाट ३ हजार सात सय ९८ मिटरको उचाइमा जिल्लाकै अग्लो गुम्बा क्याङजेन गुम्बा रहेको छ । गुम्बाको निर्माण लामा मिङग्युर दोर्जेका दुई छोराहरु जेठो रिन्जेन पेमा दोर्जे दोमारे र कान्छो क्विसाङ ग्युर्मी ल्हेन्डु परेले निर्माण गरेका हुन् । यस गुम्बाको बास्तबिक नाम ओमे क्षोलिङ गुम्बा हो ।अहिले यसलाई क्याङजेन गुम्बाले पुकारिन्छ ।

त्यसबेला आफ्ना बाबुसँग दुई छोराहरुले चारवटा गुम्बा निर्माण गर्ने प्रस्ताव राख्दा बुबाले भन्नु भएछ ‘चारवटा गुम्बा निर्माण गर्दा गाह्रो हुन्छ । बरु चारवटा गुम्बा बराबरको दिब्री÷ल्वोरी एउटै गुम्बामा लेखेर गुम्बा निर्माण गर्नु बाबुको आज्ञा अनुसार ती दुई भाईले क्याङजेन गुम्बाको निर्माण गरेका थिए ।

गुम्बाको भितामा चार वटा गुम्बा बराबर को दिब्रि तथा ल्वोरीका चित्रहरु लेखिएका छन् भने २०७२ को भूकम्पमा भत्किएको थियो अहिले जीर्णद्धार गरिसकिएको छ । गुम्बा निर्माण पश्चात यस क्षेत्र उबेलादेखि क्याङजिङ गुम्बा भनेर प्रख्यात छ ।