होस्टेलमै मृत अवस्थामा फेला


न्युज अफ नेपाल, नेपालगञ्ज ।

नेपालगञ्जको ड्रिमल्यान्ड ब्वाइज होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका १२ मुक्तिपुरस्थित ड्रिमल्यान्ड ब्याइज होस्टेलमा बस्दै आएका विरेन्द्रनगर नगरपालिका ५ चिसापानीका २२ वर्षीय हिमाल शाही मृत भेटिएका हुन्।

होस्टेलमा सुतिरहेका शाही बिहान अवेससम्म नउठेपछि उनका साथी निराजन शाही खाना खानका लागि उठाउन कोठामा पुग्दा उनी मृत भेटिएका हुन्।

शाहीको मुखमा फिँज आएको र शरीर कठ्यांग्रिएको जस्तो देखिएपछि उनलाई उनलाई नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषित गरेका थिए।

डाक्टरले चिसोका कारण कठ्यांग्रिएर उनको मृत्यु भएको हुनसक्ने बताएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसनधान अगाडि बढाएको जनाएको छ।