ढुंगानाद्वारा पदबहाली

0
Shares

काठमाडौं, (नेस)।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदबहाली गर्नुभएको छ। अर्थ मन्त्रालयमा पद तथा गोपनियताको सपथ लिएपछि धितोपत्र बोर्ड पुगेर ढुंगानाले अध्यक्षको रुपमा पदबहाली गर्नुभएको हो।

नवनियुक्त अध्यक्ष ढुंगानाको स्वागत गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्षलाई बजारको समस्याको बारेमा जानकारी भएको बताउनुभएको थियो।

अध्यक्ष ढुंगानाले पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै बजारको विषयमा नयाँ नभएको र ३ वर्षसम्म नेप्सेको सञ्चालक भएर काम गरेको र बोर्डको विषयमा जानकार रहेको बताउनुभयो।

उहाँले अध्यक्षमा प्रतिस्पर्धी रहेका गिरीतर्फ देखाउँदै चित्त नदुखाउन आग्रह गर्दैसँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।‘बजारको विकास हुन आवश्यक छ, लगानीकर्ताले प्रतिफल कमाउनुपर्छ, अब प्रविधिलाई अगाडि बढाएर बजारलाई अगाडि लैजाने हो,’ उहाँले भन्नुभयो।
उहाँले बजार विकासको लागि ५८ बुँदा कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिनुभयो।