पञ्चकन्या समूहले ल्यायो नयाँ ग्रेडको फ्लेम प्रो पाइप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पञ्चकन्या समूहले सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप एन्ड फिटिङ (फायर स्प्रिङ्कल सेरिज) र ट्रान्सपरेन्ट फिटिङ बजारमा ल्याएको छ। विभिन्न समूहले नयाँ–नयाँ ब्रान्डका सीपीभीसी पाइप ल्याउने क्रम चलिरहेको बेला व्यापारिक घराना पञ्चकन्या समूहले गुणस्तरीय सीपीभीसी पाइप बजारमा ल्याएको हो।

विभिन्न प्रकारका प्लाष्टिकका पाइपहरू उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलोपटक पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाइप तथा फिटिङस् र ट्रान्सपरेन्ट फिटिङ्स भित्राएको हो।

उक्त ग्रेडका पाइपको शुक्रबार आधिकारिक बिक्री शुभारम्भ गरिएको हो। साथै फ्लेम प्रो पाइपहरू आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यूभी रेसिस्टेन्ट जस्ता गुणयुक्त भई वातावरण हिसाबले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्तो रहेको पञ्चकन्या समूहले जनाएको छ।

यो उत्पादनलाई फायर स्प्रिङ क्लरको लागि अति उत्तम रुपमा लिन सकिने जनाइएको छ। त्यसैगरी ट्रान्सपरेन्ट फिटिङ्स तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महँगो सामग्री नचाहिने, सामन्य सीपीभीसी पाइपभन्दा बलियो र बढी चाप बहन गर्नसक्ने क्षमताका हुन्छन्।

यो उत्पादनलाई प्लम्बिङ सिस्टममा नयाँ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ। दुवै उत्पादन विश्वप्रसिद्ध जापानिज सेकिसुई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्यान्र्डडबाट बनाइने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुने पञ्चकन्याको भनाइ छ।

पछिल्लो समय सीपीभीसी पाइप तथा फिटिङ्समा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्युरो आईएसओ चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी रहेको कम्पनीको दाबी छ।