स्पेनको काथेरेस र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच भगिनी सम्बन्धमा हस्ताक्षर

0
Shares

दिपेन्द्र गजुरेल, स्पेन ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबिच भगिनी सम्बन्ध कायम गर्ने गरी द्धिपक्षीय हस्ताक्षर भएको छ भएको छ ।

काथेरेस नगरपालिका बिश्व सम्पदा सूचिमा सूचिकृत नगरपालिका हो भने लुम्बिनी साँस्कृतिक नगरपालिकाको मध्य भागमा रहेको बुद्ध जन्मस्थल लुम्विनी बिश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्र हो । शुक्रबार आयोजित कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनले भगिनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त हस्ताक्षर समारोहमा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी र स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो सहभागी थिए । यसका साथै लुम्बिनी वरिपरीका नगरपालिका तथा गाउँपालिका र स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउन्डेसनका बिचमा पनि भगिनी सम्बन्ध बिस्तारका लागि हस्ताक्षर भएको छ ।

बुद्धका मावली मानीदै आएको देबदह नगरपालिका प्रमुख हिरा बहादुर के।सी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, कपिलबस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभुमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख धु्रब नारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैंडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवट तथा लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोस म्यानुयल भीलानोभाले समेत संस्थागत सम्बन्ध स्थापीत गर्ने सम्झौतपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौत पत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिदै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले भगिनी सम्बन्ध बिस्तारले नगरपालिकाहरुको बिचमा मात्र होईन स्पेन र नेपालको बिचमा रहेको कुटनितिक सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारसामु चिनाउन र लुम्बिनी वरिपरीका नगर र पालिकाहरुलाई आधुनिक एवम व्यवस्थित पालिकाको रुपमा विकास गर्न विभिन्न देशका शहरहरुसंग सम्बन्ध स्थापना गरेर अगाडी बढ्ने तयारीमा रहेको बताए ।

काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनले बुद्ध जन्म स्थलमा आएर साँस्कृतिक नगरसंग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउदा खुशी लागेको बताए ।