भगवतीमाईका ३ सय २४ घरघुरीमा छैनन् शौचालय, खुला दिसामुक्त घोषणामै सीमित

0
Shares

कृष्णप्रसाद अधिकारी, दैलेख ।

जिल्लाको भगवतिमाई गाउँपालिकामा तिन सय २४ घरघुरी शौचालय विहिन रहेको भेटिएको छ ।

जल स्रोत व्यवस्थापन योजनाले गरेको सर्बेक्षणमा गाउँपालिका भरी रहेका ३३ सय ६३ घरधुरी मध्य ३ सय २४ घरधुरीमा शौचालय छैनन् शौचालय नभएका घरधुरीले आफन्तको शौचालय प्रयोग गरीरहेको जल स्रोत व्यवस्थापन योजनाका फिल्ड संयोजक प्रकाश अधिकारीले बताए । उनले भने हामिले प्रोफाइलको लागि घरधुरी सर्बेक्षण गरेका थियौँ यसरी सर्बेक्षण गर्ने क्रममा ३ सय २४ घरधुरीमा शौचालय नभएको भेटिएको छ ।

प्रोफाइल सर्बेक्षण गर्दा भगवतीमाई गाउँपालिका वडा नं १ पगनाथका ५३ घरधुरीमा वडा नं. २ रुमाका ४५ घरधुरी, वडा नंं.३ मेहेल्तोलीका ६३ घरधुरी वडा नं. ४ जगनाथका १४ घरधुरी वडा नं.५ र ६ कट्टीका ७५ घरधुरी, वडा नं. ७ बडाभैरवका ७४ घरधुरीमा शौचालय नभएको भेटिएको हो । शौचालय नभएको सम्वन्धीत वडा मा सम्मेत जानकारी भएको ले आफुहरु आउँपालिका संग समून्वय गरी सबै घरधुरीमा शौचालय बनाउँने गवतीमाई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दान बहादुर खड्काले बताए ।

नेपाल सरकारले वि.स २०६८ सन् २०११ सालबाट सुरु गरिएको अभियान अन्तर्ग साविकका गाउँविकास समिति, जिल्ला हुदै ७७ वटै जिल्लाको साथै असोज १३ गते नेपाललाई समेत खुल्ला दिशामुक्त घोषण गरीसकेको छ । नेपाल नै खुल्ला दिशा मुक्त घोषण हुदाँ समेत दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाका स्थानिय अझै शौचालयको पहुँच भन्दा बाहिर रहेको भेटिनु दुखद भएको देखिएको छ ।
प्रयोगमा आउँदैनन् सार्वजनीक शौचालय

केही बर्ष अघि जिल्लामा निमार्ण गरीएका सार्वजनीक शौचालय प्रयोग विहिन अवस्थामा जिर्ण बन्दै गएका छन् करिब ६० लाख खर्चिएर निर्माण गरीएका शौचालय हाल सम्म पनि प्रयोगमा नहाउँदा गाउँबाट कामको सिलसिलामा आउँने सर्वसाधारणले दैलेखका होटेलमा दिशा पिसाब गर्नेकै लागि भए पनि होटेलमा खाना वा नास्ता खाने बहाना बनाएर पैसा खर्च गरेर दिसा पिसा गर्ने गर्दैछन् ।

जिल्लामा बनाएका ३ वटा शौचालय गाउँबाट आउँने सर्वसाधारणले समेत नदेख्ने गरी बजार क्षेत्र भन्दा टाढा र १ शौचालय विद्यालय परिशरमा बनाएको कारण प्रयोगमा नआएको स्थिानियको गुनासो छ । अझ जिल्लामा रहेका शार्वजनीक शौचालयमा समेत ताला लगाईएको छ ।

बजार क्षेत्र भित्र ठाउँ अभावको कारणले बजार क्षेत्र बाट केही बाहिर शार्वजनिक शौचालय निमार्ण गर्नुपरेको सम्बन्धी सरोकारवालाको भनाई रहेको छ ।