हनुमन्ते नदी सफाइमा पाँच टन फोहर सङ्कलन

0
Shares

भक्तपुर । हनुमन्ते नदी सरसफाइ अभियानको आज ९८औँ हप्ता मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानास्थित मध्यपुर अस्पतालसँगैको हनुमन्ते नदीको नयाँ पुल क्षेत्रमा सरसफाइ गरिएको छ ।

आज भएको सरसफाइमा पाँच टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका सफाइदूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो । अभियानमा नेपाली सेनाको वीरदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाहरुका टोली एवं प्रतिनिधिको हनुमन्ते सफाइ अभियानका अभियन्ताहरुलगायतको सहभागिता रहेको सफाइ अभियानका सडक, पुल, नदी क्षेत्र र नदी किनारामा फालिएका फोहरहरु सङ्कलन गरिएको थियो ।

सय हप्तासम्मका लागि शुरु भएको हनुमन्ते सफाइ अभियान ९८औँ हप्ता पुगेको र १०० हप्ता भव्य रुपमा मनाइने तयारी गरेको छ । सय हप्तापछि सफाइ अभियान स्थानीय तहलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।