शैलेश्वरी अस्पतालद्वारा निःशुल्क रक्त समूह परिक्षण

0
Shares

विमल विष्ट, डोटी । 

डोटीको दिपायल पिपल्लामा रहेको निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले यहाँका स्थानीयहरुको निःशुल्क रुपमा रगत समूह परिक्षण गर्न थालेको छ । जिल्लामा रगत अभाबका कारण अधिकाँस स्थानीयको अकालमै ज्याने सम्मको अवस्था सृजना भएपछि उक्त अस्पतालले सो अभियानको सुरुवात गरेको हो ।

उक्त निःशुल्क रगत समूह परिक्षणको शनिवार दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । उद्घाटन शत्रका प्रमुख अतिथी समेत रहनु भएकी नगर प्रमुख मलासीले बिरामीका लागि ज्यान जोगाउने चिज नै रगत भएकाले सबैले रगत दान गर्न अतिजरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दान गरेको रगतले कसैको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भएपनि रगत दान गनु पर्छ ।”

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रगत दानले सबै भन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रगतदान गर्न पछि हट्न नहुँने बताउनुभयो । उहाँले भन्नुभयो, “रगत दान गरे कसैको ज्यान जोगाउन सकिने र पुण्यपनि प्राप्त हुन्छ भने रगतदान गर्न किन पछि हट्ने ।” त्यस्तै सोही कार्यक्रमका अर्का अतिथी तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभाबका कारण कयौ बिरामीहरु मृत्यू वरणको दोसाधमा पुग्ने भएकाले जिल्लामा बल्क बैंक स्थापना हुनु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “रगत अभाबमा कयौँ बिरामी मृत्यू वरणको दोधासमा हुन्छन्, कतिपएका लागि त मैले नै बल्ड उपलब्ध गराएको छु ।” त्यस्तै उक्त कार्यक्रमका अर्का बक्ता तथा नेपाली काग्रेस क्षेत्रनं १ का सभापती विजय खड्काले जिल्लामा अनिवार्य रुपमा तत्कालै बल्ड बैंक स्थापना हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको ज्यान जोगाउने हो भने अव हाम्रो जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनु पर्छ ।”

जिल्लामा बल्डको आवस्यक्ता परे सेना तथा प्रहरीको कार्यालयमा धाउनु पर्ने अवस्था सृजना हुने गरेका कारण आफुहरुले सबैको रगत समूह परिक्षण कार्यक्रमको सुरुवात गरेको सो कार्याक्रमका समापती तथा शैलेश्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिरामीकालागि सबैले रगत दान गरुन र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उदेश्य हो, रगतदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।” जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हाल सम्म ९७ जना बिरामीकालागि रगतदान गरीसकेको सो गणका निमित्त गणपती तथा सेनानी सन्तोष ढुंगेलले जानकारी दिनुभयो । जिल्लामा बिरामीलाइ रगतको आवस्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नम्बर गणले हाल सम्म उपलब्ध गराउदै आएका छन् ।