सरस्वती न्यौपाने, रसुवा ।
रसुवागढी नाकामा नियमित चेक जाँचको क्रममा अमेरीकी डलरसहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका शसस्त्र प्रहरी प्रमुख डिएसपी लक्षमण थापाका अनुसार पक्राउ पर्ने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका २२ वर्षिय कान्छा कुमार घले रहेका छन नियमित चेक जाँचको क्रममा ७ हजार अमेरीकी डलर (सात लाख ९३ हजार तिन सया ८०) चिनको केरुङ जान लागेका उनलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
शनिवार विहान करिव ९ बजेको समयमा पक्राउ गरिएको डिएसपी लक्षमण थापाले बताउनुभयो ।











प्रतिक्रिया