न्युज अफ नेपाल, काठमाडौं ।
पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत विष्णुहरी पुडासैनीलाई २२ हजार घुससहित शुक्रबार पक्राउ गरेको छ। पुडासैनी ठेक्दारसँग ‘मोबिलाइजेसन’ खर्च लिँदालिँदै पक्राउ परेको हुन् ।
पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया