न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ३ संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । प्रदेशसभामा मतदान हुनुभन्दा पहिले सांसदहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गर्ने बताइएको छ ।
यस प्रति असन्तुष्ट सांसदहरुले नोट अफ डिसेन्ट लेख्ने तर पार्टी निर्णय स्वीकार्ने भएका छन् ।











प्रतिक्रिया